Websoft University

जोगी यादवलाई प्रहरीले पक्राउ गर्यो


काठमाण्डौ फागुन २६ गते । रातो तारा डट कम,पेट्रोल चुहावट भएको पाइएपछि चालक संघका अध्यक्ष जोगी यादवलाई प्रहरीले पक्राउ गरको छ । भारत बिहारको बरौनीबाट ढुवानी गर्ने ट्यांकरबाट पेट्रोल चुहावट भएको पाइएपछि चालक संघका अध्यक्ष  यादवलाई प्रहरीले पक्राउ गरको हो । 

अध्यक्ष यादव पक्राउ परेको विरोधमा हिजोदेखि ट्यांकर चालकहरुले ढुवानी बन्द गर्दै आन्दोलित भएका छन् । डिपो प्रमुख मनोज साहले अनावश्यक रूपमा अनुगमन गरी चालकलाई दुःख दिएको र संघका अध्यक्षलाई फसाइएको आरोप लगाउनुभयो । आयल निगमले अनुगमन गर्दा केही ट्यांकरबाट ५० लिटरसम्म तेल कम पाइएपछि चारवटा ट्यांकरलाई कारबाही गरिएको जनाएको छ । 

कार्यालय स्रोतका अनुसार तेल चुहावट भएका ट्यांकरका चालकले त्यसको दोब्बर तेल तिर्नुपर्ने तथा चार दिनसम्म लोड तथा अनलोड गर्न नपाउनेजस्ता कारबाही गर्ने गरिएको छ । भारतमै अनुगमन गर्ने क्रममा पेट्रोल चुहावट भएको पाइएका चारवटा ट्यांकरलाई आयल निगमले भिठ्ठामोड बोर्डरमै रोकेको छ । नेपाल आयल निगम (धनुषा) को सखुवा महेन्द्रनगरको डिपोअन्तर्गत धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोल, डिजेल र मट्टितेल आयात÷निर्यात हुने गरको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.