Websoft University

भट्टराई कुलबंश प्रतिष्ठान प्रदेश नं १ को प्रथम अधिवेशन सम्पन्न, नयाँ समिति चयन

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,झापा स्थित दमक नगरपालिका ८ मा रहेको केन्द्रिय कार्यलय वशिष्ठ आश्रममा भट्टराई कुलवंश प्रतिष्ठान प्रदेश नं १ को प्रथम अधिवेशन सम्पन्न भएको छ। बिहीबार सम्पन्न भएको उक्त अधिवेशनमा नयाँ समितिको समेत चयन गरिएको छ। अधिवेशनमा भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेर बहादुर भट्टराईको प्रमुख आतिथ्यता र चन्द्र बहादुर भट्टराईको सभापतित्व रहेको थियो।


विश्वभरि छरिएर रहेका भट्टराई बन्धुहरु माझ संस्कार परम्परालाई एकीकृत गर्ने उद्देश्यले भट्टराई कुलवंश प्रतिष्ठानको स्थापना गरिएको बताउँदै चैत २१ र २२ गते पोखरामा हुन लागेको महा-अधिवेशनलाई मध्यनजर गर्दै यस कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ। 


उक्त अधिवेशनमा नयाँ समितिको अध्यक्षमा चन्द्र बहादुर भट्टराई(भरत), उपाध्यक्षमा मनिन्द्र भट्टराई र रेणुका भट्टराई, सचिवमा नैनाकाला भट्टराई , सह सचिवमा चन्द्र प्रसाद भट्टराई, कोषाध्यक्षमा शिव भट्टराई भोजपुरे त्यसैगरी सदस्यहरुमा देवीमाया भट्टराई, राजकुमार भट्टराई, खेमनाथ भट्टराई, लिलाराज भट्टराई, ज्ञानु भट्टराई, पुष्पलाल भट्टराई , लेखनाथ भट्टराई, भूपाल भट्टराई(मोरङ), भूपाल भट्टराई (धनकुटा), दिपक भट्टराई, भिमा शिवाकोटी भट्टराई लगायत गरी जम्मा १५ जना चयन भएका छन्।

उक्त कार्यक्रममा अतिथिहरु भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रिय सदस्य अग्नि प्रसाद भट्टराई साथै धन बहादुर भट्टराई, मोरङ जिल्ला अध्यक्ष तेज बहादुर भट्टराई, झापा जिल्लाका सचिव गिरिराज भट्टराई, केन्द्रिय कोषाध्यक्ष मनोज भट्टराई, झापा जिल्लाका सदस्य लेखनाथ भट्टराई लगायत अन्य विभिन्न अग्रज व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.