Websoft University

नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार ५ सय ९ पुगे

 काठमाण्डौ चैत १२ गते । रातो तारा डट कम, बितेको २४ घण्टामा नेपालमा थप १ सय २० जनामा नोबेल कोरोना


भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ८ सय ९१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १ सय २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार ५ सय ९ पुगेको जनाएको छ । सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै आइसोलेशनमा बस्नेको सङ्ख्या पनि बढेको छ । हिजोसम्म एक हजार १ सय ८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकोमा बितेको चौबीस घण्टामा थपिएकासँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । बितेको २४ घण्टामा ८५ जना भने कोरोना सङ्क्रमणमुक्त भएका छन् । निको भएका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार २ सय ७२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणबाट मृत्युको पुष्टि भएको छैन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.