Websoft University

छुट्टै भेला नगर्न प्रधानमन्त्री ओलीको आग्रह


काठमाण्डौ चैत ३ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै भेला नगर्न माधब नेपाल पक्षलाइ आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पार्टीको नाममा नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी पनि दिनुभयो । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा उहाँले पार्टीमा बसेपछि पार्टीको अनुशासन मान्नुपर्ने बताउनुभयो । पार्टीलाइ पार्टीको रुपमा चल्न दिन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो । पार्टीमा सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्नेमा प्रधानमन्त्रीको भनाइ थियो । 

भोली नेपाल पक्षको हुन लागेको भेलाबारे प्रधानमन्त्री ओलीले गुटगत भेला नगर्न, त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको बताउनुभयो । प्रधानमन्त्री ओलीले एउटा नयाँ परिस्थिति सुरु भएको बताउँदै  केही व्यक्तिले राष्ट्रिय राजनीति नै बिथोलेर एकता एकीकरणको अवस्थालाई अघि जान नदिएको भन्दै प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने सिलसिला सुरु भएको दावी समेत गर्नुभयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.