Websoft University

जातीय भेदभाव तथा छुवाछुत विरूद्ध जागरण अभियान प्रभात फेरी तथा घोषणा सभा सम्पन्न


बिराटनगर चैत ७ गते । रातो तारा डट कम, समुदाय - प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५६ औं अर्न्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको उपलक्ष्यमा जातीय भेदभाव तथा छुवाछुत विरूद्ध जागरण अभियान प्रभात फेरी तथा घोषणा सभा सम्पन्न  

जिल्ला मोरङ बुढिगंगा गाउँपालिका वडा नं.१ स्थित टंकी बजारमा मिति २०७७।१२।०७ गते ११.४५ देखी १५.३०  बजेसम्म ५६ औं अर्न्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसूको उपलक्ष्यमा जातीय हिंसा विरूद्ध मू भन्ने मूल नाराका साथ  जिल्ला प्रहरी कार्यालय मोरङ, रिडेफ नेपाल, समता फाउण्डेसन र ओपन सोसाईटीको संयुक्त रूपमा आयोजित तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका प्रदेश प्रमुख माननीय सोमनाथ अधिकारी, पूर्व मन्त्री तथा संसद प्रतिनिधी सभा मिन विश्वकर्मा, १ नं। प्रदेशसभा सदस्य माननीय जयराम यादव, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, १ नं। प्रदेश मानव अधिकार आयोग निर्देशक नितु गड्तौला, नेपाल प्रहरी, संचारकर्मी लगायत अन्दाजी ४०० जनाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम शुरू भई बुढिगंगा गाउँपालिका वडा नं. १ टंकी स्थितमा रहेको जेसिज भवनमा आई कार्यक्रम सम्पन्न भयो  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.