Websoft University

कोरोना खोपको मूल्य बढाउने भारतीय कम्पनीको प्रस्ताव


काठमाण्डौ फागुन २८ गते । रातो तारा डट कम,सरकारले भारतबाट कोभिड–१९ विरुद्धको ५० लाख डोज खोप किन्दा पहिले भन्दा बढी मूल्य पर्ने देखिएको छ । यसअघि प्रति खोप ४ डलरमा खरिद गरेका भ्याक्सीन अहिले कम्पनीका प्रतिनिधिहरुले यो पटक प्रतिडोज ६ डलर पर्ने जनाएका छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र परराष्ट्र मन्त्रालयको विशेष पहलमा सहुलियतमा खोप पाएको थियो । स्वास्थ्य सेवा विभागले भने यो पटक पनि सकेसम्म सहुलियत मुल्यमा खोप पठाउन आग्रह गरेर प्रस्ताव पठाएको छ । कम्पनीसँग प्रतिडोज साढे पाँच डलरमा उपलब्ध गराउन आग्रह गरेको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् । उहाँका अनुसार अहिलेसम्म ५० लाख डोज खोप खरिद गर्न सम्झौता भएको छैन । विभागले सेरम इन्ष्टिच्युटलाई पठाएको प्रस्तावको जवाफ नआइसकेकाले खोप खरिदको मिति टुंगो नलागेको महाशाखा प्रमुख डा. भीमसिंह तिंकरीले वताउनुभयो ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.