Websoft University

पत्रकार सम्मेलन - मृतक प्रबिण बास्तोलाको मृत्यू प्रकरण सम्बन्धी यथार्थ जानकारी यस प्रकारछ ।

 


बिराटनगर फागुन २३ गते । रातो तारा डट कम,घटना मिति तथा स्थान: २०७७।०९।०५ गते उर्लाबारी नगरपालिका वडा नं.-६ स्थित रमेश गिरीको घर कोठा ।


मृतक सम्बन्धी बिवरण: उर्लाबारी नगरपालिका वडा नं.-५ वस्ने प्रेम प्रसाद बास्तोलाको छोरा बर्ष ३२ को प्रविण बास्तोला ।

छानविन समिति गठन: मिति २०७७।११।०९ गते जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मान बहादुर राईको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन ।

छानविन समितिले अनुसन्धानमा बुझिएका मानिस तथा प्रमाणहरू सम्बन्धी

मिशिल अध्ययन: प्रेम प्रसाद बास्तोलाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश रणपहेली समेत भएको कर्तव्य ज्यान कसूर सम्बन्धी अनुसन्धान मिशिल ।

स्थलगत रूपमा बुझिएका मानिसहरू: 

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-१ घर भई गोदावारी अस्पतालको आकस्मिक कक्षमा कार्यरत हेल्थ असिस्टेन्ट ध्रुव बहादुर चौहान ।

ईलाका प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक टंक कुमारी पौडेल ।

ईलाका प्रहरी कार्यालय मोरङको अनुसन्धान शाखामा कार्यरत प्रहरी जवान योगिन सार्की ।

ईलाका प्रहरी कार्यालय मोरङको अनुसन्धान शाखामा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा बहादुर भट्टराई

ईलाका प्रहरी कार्यालय मोरङका कार्यालय प्रमुख प्रहरी निरीक्षक उद्वव पोखरेल ।

जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं.-८ जाँतेबस्ने बर्ष ६० को अम्वरबहादुर बिश्वकर्मा ।

छानविन समितिले पेश गरेको निष्कर्ष

प्रेम प्रसाद बास्तोलाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजेश रणपहेली समेत भएको कर्तव्य ज्यान कसूरमा अनुसन्धानको क्रममा जाहेरवाला पक्षबाट अनुसन्धान मिसिलमा अर्कै फोटो बनवटी गरी राखी बदनियत पूर्वक अनुसन्धान गरेको तथा मृतकले लगाएको कपडा समेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको सम्बन्धी गुनासो रहेको सम्बन्धमा स्थलगत रुपमा सम्बन्धित मानिस तथा अनुसन्धान मिसिल समेतको अध्ययन गर्दा उक्त नक्कली भनिएको फोटो मिति २०७७/५/३ गते करेन्ट लागि घाईते भएका जिल्ला मोरङ लेटाङ नगरपालिका वडा नं. ८ घर भई उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने वर्ष २६ को नविनराज घिमिरे गहतराजको गोदवारी अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको फोटो ईलाका प्रहरी कार्यालय उर्लाबारीमा अनुसन्धानको लागि राखिएको हुँदा प्रहरी जवान योगिन सार्कीले कार्यालयको कम्पयूटरबाट मृतकको फोटो प्रिन्ट गरी राखिएको देखिन्छ र उक्त फोटो मिति २०७७/११/९ गतेको अनुसन्धान प्रतिवेदन साथ मिसिलमा संलग्न नभएको तथा सो फोटो किर्ते गरी बदनियतपूर्वक राखिएको देखिदैन । साथै मृतक प्रबिण बास्तोलाले लगाएको कपडा ECG गर्दा गोदवारी अस्पतालका कर्मचारीले नै माथी छाती तर्फ सारेको उक्त च्यातिएको अवस्थामा देखिदैन् सो कुरा मृतकको वास्तिक फोटो, लाश जाँच मुचुल्का तथा गोदवारी अस्पतालको आकस्मिक कक्षमा हेल्थ असिस्टेन्ट धुर्व प्रसाद चौहानको कागजबाट समेत प्राष्ट छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरुले अनुसन्धान मिसिलमा सम्लग्न कागजातहरु नियमित प्रमाणीकरण गर्ने तथा अनसुन्धान सम्बन्धी भौतिक सवुतको परीक्षण गर्ने र सो प्रतिवेदन अविलम्व प्राप्त गर्ने, सम्बन्धित निकाय अथवा पदाधिकारी साथै जाहेरवाला पक्षहरुसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमी कमजोरी गरेको देखिएको हुँदा विभागिय कारवाही अनुसार सचेत गराई जवाफदेही बनाउनु पर्ने देखिन्छ ।

छानविन समितिले पेश गरेको  सुझाबहरू:-   


घट्नाबाट पीडित अथवा प्रभावित परिवारजनहरुसँग अनुसन्धान अधिकृत लगायत अनुसन्धानमा खटिएका अन्य प्रहरी कर्मचारीहरुले पारदर्शी रुपमा र पीडित मैत्रीपूर्ण व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय,  सम्पर्क, सहकार्य तथा परामर्श गर्नु पर्ने देखिन्छ ।

 लाशजाँच मुचुल्का तथा पोष्टपार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक-घाउँखत,  शरीरमा लगाएको कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरुसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनु पर्ने साथै अविलम्व पोष्टमार्टम गरी भिसेरा परीक्षणको लागि तुरुन्त पठाई प्रतिवेदन यथाशिघ्रा प्राप्त गर्न सम्बन्धित निकाय एवम् पक्षसँग नियमित सम्पर्क र समन्वय गर्नुपर्ने ।

     अभद्र व्यवहार कसूरमा अनुसन्धानमा रहेका प्रतिवादीहरुको कर्तव्य ज्यान कसूरमा समेत प्रतिवादी कायम भएको अवस्थामा अभद्र व्यवहार कसूरको अनुसन्धान प्रतिवेदन समेतको कार्य सम्पन्न गरेर मात्र कर्तव्य ज्यान कसूरमा पक्राउ अनुमति लिई कर्तव्य ज्यान कसूरमा अनुसन्धान अवधी प्रर्याप्त लिने रणनिति लिनु पर्ने सोको लागि अनुसन्धान अधिकृतले सम्बन्धित जिल्ला न्यायधिवक्तसँग राम्रो समन्वय गर्नु पर्ने ।  

अनुसन्धान मिसील तयार पार्दा लेखन कार्य तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी प्रहरी कर्मचारी समेतले पंजिका बनाउँदा लगायत अन्य कागजात गर्दा समेत गम्भिरताको साथ हेरी अनुसन्धान अधिकृतबाट नियमित रुजु तथा प्रमाणित गराउनु पर्ने ।  

  लाशजाँच प्रकृति मुचुल्काको कार्य गर्दा सबै प्रकृतिका घट्नास्थल तथा लाशकोप्रर्याप्त  फोटो अनिवार्य लिनुपर्ने ।

पक्राउ प्रतिवादीहरू तथा कारवाही

जिल्ला रतुवामाई नगरपालिका वडा नं.-१० बस्ने बर्ष २९ को मेहरमान दर्जीलाई मिति २०७७।११।११ गते उर्लाबारीबाट पक्राउ, पुर्पक्षको लागि कारागार चलान ।

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-९ बस्ने बर्ष ३४ को कुमार राईलाई मिति २०७७।११।११ गते उर्लाबारीबाट पक्राउ, रू ३ लाख धरौटीमा छुटेको ।

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ बस्ने बर्ष ६० को रमेश गिरीलाई मिति २०७७।११।१७ गते उर्लाबारीबाट पक्राउ, रू १ लाख धरौटीमा छुटेको ।

जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं.-६ प्रगती टोल बस्ने बर्ष १९ को सुदिप परियारलाई मिति २०७७।११।१८ गते पक्राउ जिल्ला सुनसरी धरानबाट पक्राउ, पुर्पक्षको लागि कारागार चलान ।

जिल्ला मोरङ उर्लाबारी नगरपालिक वडा नं.-६ बस्ने बर्ष ३२ को राजेश रणपहेलीलाई मिति २०७७।११।२० गते जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका वडा नं.-२ फुलबारी चोकबाट पक्राउ गरी सम्मानित जिल्ला अदालतमा मिति २०७७।११।२३ गते सम्मानित जिल्ला अदालत मोरङमा पेश गर्ने प्रकृयामा रहेको ।

जिल्ला ‍झापा गौराहद नगरपालिका वडा नं.-९ बस्ने बर्ष ३१ को दिपेश पौडेल (ईप्रका दमकबाट मोटरसाईकल चोरी मुद्दामा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा रहेको) ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.