Websoft University

कटारी– घुर्मि सडक खण्ड स्तर उन्नतीको क्रममा घुलाम्मे भएर जनजीबन प्रभाबित


गाईघाट २४ फागुन । रातो तारा डट कम,सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी– घुर्मि सडक खण्ड स्तर उन्नतीको क्रममा घुलाम्मे भएर जनजीबन प्रभाबित भएको झन्डै स्थानीय बासिन्दाले सोमबार बिहान देखी उक्त राजमार्ग अन्र्तगतको कटारी सिम्ले सडक अबरुद्ध गरेर यातायात बन्द गराएकाछन । सडक बिस्तारको क्रममा धुलो उडेर बस्ती लाई असर परेपछि स्थानीय ले सडक मा दैनिक पानी हाल्न गरेको अनुरोध लाई ठेकेदार ले बेवास्था गरेपछि बाध्य भएर गाउलेहरुले सडक अबरुद्ध गरेका छन ।
 “हामी ले पटक, पटक सम्बन्धित पक्ष लाई धुलो नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेका थियौ” । कटारी नगर पालीका ४ सिम्लेका दिपक राउत ले भने । मानव स्वाथ्य मा गम्भीर असर पुग्ने ठानेर हामीले बाध्य भएर सडक अबरुद्ध गर्नु परेको छ ।उनले भने । “काम शुरु गर्नु अघि ठेकेदार ले दिनहु धुलाम्ले सडकमा पानी हाल्ने सहमती गरेका थिए । तर ठेकेदारले बेवास्था गर्दा पुरै बस्ती लाई असर पर्न गएको छ” ।

सिम्लेका बिजय मगर ले भने । ठेकेदार ले सहमती अनुरुप काम नभएको ले बाध्य भएर सडक अबरुद्ध गर्नु परेको उनले बताए । गाउलेहरुले सडक अबरुद्ध गरेकै कारण बिहान देखी खोटाङग सोलुखुम्बु र ओखलढुङगा तर्फ कुनै पनि सवारी साधन चलेका छैनन । कटारी अस्पताल चौक देखी ३ सय मिटर सडक कालोपत्रे गर्ने  गरी  ठेकेदार ले काम शुरु गरेर छाडेको ले अहिले बढदो सवारी चापको कारण राजमार्ग आसपासको बस्ती लाई प्रभाबीत गर्ने गरी धुलो ले सताउने गरेको स्थानीयको भनाइ छ । 

केही महिना अघि सो राजमार्गको बेतीनी सडक खण्डमा पनि धुलो ले असर पु¥याएको भन्दै स्थानीयले  सडक अबरुद्ध गरेका थिए । ठेकेदार ले धुलो उड्न नदिन दिनमा दुई पटक पानी हाल्न थालेपछि सडक अबरुद्ध हटेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.