Websoft University

जिल्ला कृषि सहकारी संघ मोरङद्वारा कृषि फर्म अनुगमन


शिव भट्टराई,मोरङ चैत ४ गते । रातो तारा डट कम,जिल्ला कृषि सहकारी संघ मोरङले मातहतमा रहेका सहकारीमा आवद्ध सदस्यहरूको कृषि फर्महरुको अनुगमन गरेको छ । संघका पदाधिकारीहरूको टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेको उत्साहि साना किसान कृषि सहकारी संस्थामा आवद्ध कृषकहरूको फर्ममा पुगेर उनीहरूले गरेका कामहरू र उपलब्धिको बारेमा अनुगमन गरेको हो । अनुगमन गरि संस्थामा आवद्ध कृषकहरूको गुनासो सुन्ने, उनीहरूले गरेका प्रगतीको बारेमा अरू कृषकहरूलाई जानकारी गराउने तथा समस्याको सामधान गर्न पहल गर्ने उद्देश्यका साथ अनुगमन सुरु गरिएको संघका अध्यक्ष रविन्द्र आचार्यले जानकारी दिनुभयो ।


अनुगमनका क्रममा कृषकहरूले अनुगमन टोली सँग आफूले भोग्नु परेका कृषि सम्बन्धि समस्याहरूको बिषयमा गुनासो पोखेका थिए।


संघमा आवद्ध जिल्लाका कृषि सहकारीहरुको अनुगमन गर्ने क्रममा पथरीशनिश्चरेबाट अनुगमनको कार्य सुरु गरिएको उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममा उत्साहि सहकारीको काम अत्यन्तै उत्साहजन रहेको पाइएको उहाँको भनाइ छ ।

जिल्लाबाट गतवर्ष उत्कृष्ट सहकारीको पुरस्कार पाइसकेको यस सहकारीमा आवद्ध कृषकहरुले वाख्रा र्फम, बंगुर फर्म, केरा खेति, अग्र्यानिक तरकारी खेती, गाई तथा भैंसीपालन लगायतका व्यवसाय गरेर राम्रो आर्जन गर्न सफल भएको अनुगमनका क्रममा पाइएको सोही संघका उपाध्यक्ष साथै अग्रणी कृषि सहकारी संस्था सुन्दरहरैंचा ४ का अध्यक्ष समेत रहेका शोभितमान पौडेल ले जानकारी दिनुभयो । उहाँले यसरी सफल भएका व्यवसायीक कृषकहरुलाई सरकारी स्तरबाट समेत सहयोग गरि हौसला बढाउन आवश्यक रहेको बताउनुभयो ।


उपाध्यक्ष पौडेलका अनुसार उत्साहि सहकारीमा आवद्ध भएका सेयर सदस्यहरूको गुनासो तथा कृषि क्षेत्रमा देखिएका समस्याहरूको बारेमा पनि अनुगमनका क्रममा जानकारी लिइएको छ।अब कृषकहरुका समस्या समाधानका लागि सम्बन्धित निकायमा संघले पहल गर्ने समेत उहाँले जानकारी दिनुभयो । जिल्ला कृषि सहकारी संघका अध्यक्ष रबिन्द्र आचार्य, उपाध्यक्ष सोभितमान पौडेल, सचिव जे.वी कोईराला ,कोषाध्यक्ष जानुका भण्डारी, उत्साही साना किसान कृषि सहकारी संस्था पथरीका अध्यक्ष, प्रबन्धक, अन्य सदस्य, सञ्चारकर्मी लगायतको टोलीको स्थलगत अनुगमनमा सहभागिता रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.