Websoft University

कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने बोर्डका निर्णय


काठमाण्डौ फागुन २५ गते । रातो तारा डट कम, कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनुभयो । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड १९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्त सम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।  यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.