चुडिएका नेताहरुले देश र जनताको पक्षमा कहिले नबोलेको भन्दै, पाटीले चुनेर राखेको सभामुखले किर्ते सासहरुको दस्तखत गरि सरकारको बिरुद्धमा मुद्धा लगाएको भए पनि आफुहरु त्यस्तो गलत बाटो तर्फ नजाने समेत जनसभालाई बिराटनगरमा बताउनु भएकोछ ।
केहि साथिहरुले जनताको बिकास निमार्ण र अभिमतलाई असर पार्न खोजे पछि सरकारले संसद बिगठन गरेर चुनावमा होमि सकेको ले चुनाव आउदो बैशाख १७ र २७ मा जनताको ताजा जनादेश लिन अनिवार्य चुनाव हुने भएकाले सोही अनुरुप काम गर्न सबै निकाय निर्वाचन आयोग राजनीतिक पाटीहरुलाई समेत आग्रह गर्नु भएकोछ ।
अहिले पुष्पकमल दाहाल प्रचण्ड समुह गलत बाटोमा हिडेको आरोप लगाउनुभएको छ । आज विराटनगरमा भएको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको आरोप लगाउनुभयो । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा पुग्नुभएकोछ । प्रधानमन्त्री ओलीले भन्नुभयो, प्रचण्डको त मलाई माया लाग्छ । उहाँले अझै पनि प्रचण्ड–नेपाल समूहलाई आफुतिर फर्किन आग्रह गर्नुभयो । सरकार विकासको गतिमा दृढ रहेको बताउँदै उहाँले जसले जे भनेपनि देशको स्वाबिमान जनताको बिकास निमार्णमा आफू अगाडी बढ्न नछोड्ने बताउनुभयो ।
संविधान सभा अध्यक्ष तथा पुर्व सभामुख नेकपा का नेता सुवास नेम्वाङले झन्डै दुई तिहाइ बहुमतको प्रधानमन्त्रीले काम गर्न नपाएपछि संसद भंग गरेको बताएका छन् ।
आज विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता नेम्वाङले उनले देशव्यापी रुपमा जनताले निर्वाचनलाई अनुमोदन गरिसकेको दाबी गर्दै जनताले निर्वाचन चाहेको समेत बताए ।
देशव्यापी रुपमा जनता निर्वाचनमा लागेको बताउदै नेता नेम्वाङले सर्वोच्चअदालतको फैसलापर्खिरहेकाबताए । सर्वोच्च अदालतमा बहस सकिएको र फागुन ११ देखि १५ गतेभित्र फैसला आउने उनले बताए ।
सवौच्चको विचाराधीन मुद्दामा आफू केही नबोल्ने बताएका उनले घुमाउरो भाषामा संसद पुनस्र्थापना नहुने संकेत गरे ।
प्रतिनिधिसभा विघटन गर्न पाइन्छ कि पाइन्न भन्ने कुरा उठाएकोे उल्लेख गर्दै उनले राष्ट्रपतिलाई विवादमाल्याउन खोजिएकोबताए । कार्यक्रममा विभिन्न नेतहरूले पनि आ-आफना धारणा राख्नु भएको थियो।
Post a Comment