Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले जित हात पार्यो


काठमाण्डांंै माघ २८ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले अपराजित यात्रालाई कायम राखेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज चन्द्रपुर नगरपालिकालाई ८–० गोलले पराजित गर्दै एपीएफको जितको यात्रालाई कायम राखेको हो । एपीएफको जितमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले ह्याट्रिक सहित ६ गोल गर्नुभयो । लिगमा एपीएफको यो आठौं जित हो । जितसंगै एपीएफले ८ खेलमा २४ अंक जोडेको छ । यो जितले एपीएफको उपाधि होड समेत बलियो बनेको छ । चन्द्रपुरले ८ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ । लिग अन्तर्गत भोली दुई खेल हुनेछ । पहिलो खेलमा चौदण्डीगढीले वालिङको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा आर्मीले विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.