Websoft University

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आज स्वास्थ्य इकाई भवनको शिल्यान्यास गर्नुभयो


सुनसरी माघ २८ गते । रातो तारा डट कम,इटहरी उपमहानगरका सवै वडाहरुमा स्वास्थ्य इकाई पुरयाउने उदेश्यले वडा नम्वर १०मा स्वास्थ्य इकाई भवनको शिल्यान्यास गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले विहान स्वास्थ्य इकाई भवनको शिल्यान्यास गर्नुभयो । 


उहाँले यहि आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा प्रदान गर्न थालिने जानकारी दिनुभयो । निर्माणको गुणस्तर र समयमा कुनै सम्झौता नहुने प्रष्ट पार्नुभयो ।इटहरीका सवै वडामा स्वास्थ्य सस्था पुरयाउन यो आर्थिक वर्षमा १४ वटा स्वास्थ्य इकाई निर्माण गरिने उहाँले जानकारी दिनुभयो । ति मध्ये १० वटा शिल्यान्यास भएर काम सुरु भएको र केहि सम्पन्न हुने अवस्थामा पुगेको वताउनुभयो ।


वडाध्यक्ष प्रकाश चौधरीले गाँउघरमै आधारभूत स्वास्थ्य सेवा पाइनेअवस्था सृजना हुनुखुशीको कुरा हो भन्नुभयो । कार्यक्रममा इन्जिनियर अनिल तिम्सिनाले २४ लाख १७ हजार ६ सय १७ रुपियाँको लागतमा एकतले चार कोठे भवन निर्माण हुने जानकारी गराउनुभयो । ठेकेदार जोखन सरदारले समयमै काम सक्ने प्रतिवद्धता जनाउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.