Websoft University

प्रहरीले बोलेरो गाडी भित्र अदुवा संगै लुकाएर राखेको गांजा पक्राउ


गाईघाट २७ माघ । रातो तारा डट कम,प्रहरीले बोलेरो गाडी भित्र अदुवा संगै लुकाएर राखेको १ सय २१ केजी अबैध गाजा पका्रउ गरेको छ । उदयपुरको कटारी नगरपालीका ८ सानो दमार स्थीत सिद्धिचरण राजमार्गमा बेतिनि बाट कटारी तर्फ आउदै गरेको स १ च ८०४ न को बोलेरो गाडी बाट सोमबार साझ उक्त परिणाममा गाजा बरामद गरीएको मंगलबार प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।“ अदुवा बोकेको गाडी भित्र गाजा समेत लुकाईएको अबस्थामा भेटीयो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले भने । गाजा संगै गाडीको मालीक उदयपुरको ताप्ली गाउपालीका ३ निगलबास घर भई सिराहाकाृे धनगढीमाई नगरपालीका १० जिरोमाइल बस्ने ४१ वर्षिय सन्त बहादुर मगर लाइ पनि पका्रउ गरीएको उनले बताए । मगर गाजा कारोबारी भएको खुल्न आएको छ । उनले गाजा सिराहा हुदै भारत तर्फ लाने गरेको प्रहरीले जनाएको छ । मगर संगै गाजा कारोबारमा अन्य ब्याक्तिहरु पनि रहेको ले उनीहरुको खोजी भैरहेको एसपि दाहालले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.