Websoft University

निर्वाचन आयुक्त भण्डारीले राजनीतिक दल तथ। दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाउनु भयो


काठमाण्डौ माघ २६ गते । रातो तारा डट कम,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद मिलाउने जिम्मेवारी नवनियुक्त निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई दिइएको छ । माघ २१ मा पदभार सम्हाल्नुभएका आयुक्त भण्डारीले राजनीतिक दल तथ दल विभाजनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी पाउनुभएको छ । भण्डारी, नेकपा ओली समूहका महासचिव विष्णु पौडेलसँग निकट मानिनुहुन्छ । गत शुक्रबार यो जिम्मेवारी पाएलगत्तै वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारी नेकपाको विवादसम्बन्धी कागजपत्रको अध्ययनमा लाग्नुभएको छ । विवादसम्बन्धी निर्णय भने आयुक्तहरूले सामूहिकरुपमै लिने बताइएको छ । मत बाझिने अवस्था आउँदा बहुमतले निर्णय गर्ने र बराबरी मत हुँदा प्रमुख आयुक्तले भोट दिने व्यवस्था छ । आयुक्त भण्डारी लगायत संवैधानिक निकायमा नियुक्त भएका ३२ जनाविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा विचाराधीन छ ।



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.