Websoft University

जलविद्युत निर्माण पक्ष र मजदुरबी विवाद हुदा काम नै प्रभावित


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,पारिश्रमिक नपाएको भन्दै रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत कामदार आन्दोलित भएका छन् । जलविद्युत निर्माण पक्ष र मजदुरबीचको विवादका कारण आयोजनाको काम प्रभावित भएको छ । समयमा तलब नदिएको र काम गर्ने समय पनि घटाएपछि कम्पनीमा कार्यरत ३ सय ६० जना मजदुर आन्दोलित भएका हुन् । सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) ले नेपाली कामदारलाई साढे २ महिनादेखि पारिश्रमिक नदिएको कामदार गुनासो गरेका छन् । कोरोना अर्थात् कोभिड–१९ का कारण निमार्ण कम्पनीले काम गर्ने समय एक घण्टा घटाएको जनाएको छ । यसले गर्दा कामदारले पाउँदै आएको पारिश्रमिक घटेको हो । उनीहरुले दैनिक १० घण्टा काम गर्न पाउनुपर्ने र पारिश्रमिक तत्काल उपलब्ध गराउन माग गरेका छन् । यस सम्वन्धमा काम गर्ने वातावरण सहज वनाउन आयोजना पक्षलाई निर्देशन दिइएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले जानकारी दिनुभयो । रेडियो भैरवी, 





 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.