Websoft University

अष्ट्रेलिया विरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली न्यूजिल्याण्ड विजयी


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम, अष्ट्रेलिया विरुद्धको पहिलो टी–ट्वान्टी क्रिकेटमा घरेलु टोली न्यूजिल्याण्ड विजयी भएको छ । क्राइस्ट चर्चमा हिजो भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो । न्युजिल्याण्डले दिएको १ सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३१ रन मात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । जितसँगै पाँच खेलको सिरिजमा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । घरेलु टिमसँगको सिरिजका लागि अष्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.