Websoft University

सरस्वती मावि चैनपुरले ८४ औं वार्षिकोत्सव सम्पन्न ग¥यो

मोहन कुमार राई-फाल्गुण १२ गते । रातो तारा डट कम, गुणस्तरीय शिक्षा आजको आवश्यकता मूल नारकाका साथ सरस्वती मावि चैनपुरले आफ्नो ८४ औं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । 


वार्षिकोत्सव समारोहको अवसरमा वर्तमान केपिओली सरकारले राष्ट्रियताको सवालमा नेपालको सम्पूर्ण राजनीति दलहरुलाई डोरियाएर नयाँ नक्सा निर्माण गर्न सफल भएको स्मरण गर्दै  चुचे नयाँ नक्सा सहित फोटोफ्रेम  विद्यालयलाई हस्तान्तरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नलकुमार खत्री, प्रअ गोविन्दमान तामाङलाई नक्सा हस्तान्रण गर्दैे राष्ट्रियताको सवालमा वालवालवलिकाहरु समेत राष्ट्रभक्त भएर अघिबढ्न प्रेणा मिलोस भन्ने उद्देश्यका साथ नक्सा हस्तान्तरण गरेको चैनपुर नगरपालिकाका नगरप्रमुख भरतकुमार खत्रील वताउनुभयो । 


यसैगरी कार्यक्रममा संखुवासभा बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष उमेशकुमार डाँगीले संबोधनको क्रममा शैक्षिक क्षेत्रमा अगुवा संस्थाको रुपमा चिनिने यस विद्यालयले जहानिया राणा शासनको जरजरमा समेत जनताका छोराछोरीलाई शिक्षा दिने उद्देश्यका साथ  विद्यालय अघि बढेको स्मरण गर्दै मुलुक यती खेर विशम परिस्थिती तर्फ गइरहेको वेला पौष ५ गते संसद विघटनको घटनालाई लिएर सर्वोच अदालतमा परेको संसद पुनरस्थापनाका मूर्त रुप लिन सकेमा संविधानले सुनिशिचत गरेका जनताकाअधिकारहरु प्राप्त हुनेवताउनुभयो । 


चैनपुर नगर उप–प्रमुख मुना श्रेष्ठ, शंकर कडेलले पनि संवोधन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये आधारभूत तहका शिक्षक समा श्रेष्ठ र माध्यमिक तहको शिक्षक लालबहादुर खत्रीलाई पुरस्कृत गरिएको विद्यालयको प्रधानाध्यापक गोविन्दमान तामाङले जानकारी दिनुभयो । 

वार्षिकोत्सवमा चैनपुर नगरपालिका क्षेत्रभरिका सामुदायीक विद्यालयका छात्रा÷छात्रहरुले लोक नृत्य प्रतियोगितामा सभागिता जनाएका थिए । आजै वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंका कार्यकारी सिओ किरण कुमार श्रेष्ठले आफ्नो स्वगीय मातापिताको नाममा ६ लाख बराबरको अक्षय कोष स्थापना गरेको घोषणा गर्नुभएको छ । कार्यक्रममा विद्यालयका गरिव तथा जेहेन्दार छात्रछात्राहरुलाई विभिन्न अक्षयकोष दाताहरुले स्थापना गरेको छात्रवृत्ति कोषबाट छात्रवृत्ति वितरण गरको थियो । 

यसैगरी ं पूर्व राज्य मन्त्री एव नेपाली काँग्रेसका नेता दीपक खड्काले विद्यालयलाई सुविधा सम्पन्न साउण्ड सिस्टम जडान गरिदिने व्यवस्था मिलाउने समेत विद्यालयले जानकारी दिएको छ । विद्यालयका विव्यस अध्यक्ष नलकुमार खत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.