Websoft University

बेलबारीले ग¥र्यो जेष्ठ नागरीकलाई सम्मान


बेलबारी फागुन १२ गते । रातो तारा डट कम, मोरङको बेलबारी नगरपालिकाले घरघरमा गएर जेष्ठ नागरीकलाई सम्मान गर्न थालेको छ । ९० बर्ष भन्दा बढि उमेरसमुहका जेष्ठनागरीकलाई घर घरमा गएर नगरपालिकाले सम्मान गर्न थालेको हो । २ नम्बर वडा कार्यालयबाट सम्मान सुरु गरीएको छ । 

घरघरमै पुगेर जेष्ठनागरीक आमाबुबाहरुलाई बलाङकेट तथा सुईटर लगायतका सामाग्रिहरु दिएर सम्मान गरीएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । सवै वडामा पुगेर जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने सुवेदीको भनाई रहेको छ । सम्मान पाउँदा जेष्ठ नागरीकहरु समेत खुसि भएका छन । सम्मान पाँउदा छोरा छोरी जस्तै लागेको जेष्ठ नागरीकको भनाई रहेको छ । 

नगरपालिकाले गरेको सम्मानले हौसला मिलेको बेलबारी २ की ९३ बर्षीय हरी माया कणेलले बताईन । सम्मान कार्यक्रममा बेलबारी नगरपालिकाकी उप प्रमुख ढाका कुमारी पराजुलि तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिपशाहाको सहभागिता रहेको थियो । नगर क्ष्ोत्र भित्रका १ सय २ जनालाई सम्मान गरीने नगरपालिकोको कार्यालयले जनाएको छ । एक्टिभ नेपालको सहयोगमा नगरपालिकाले जेष्ठ नागरीकहरुलाई  सम्मान गरेको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.