काठमाण्डौ फागुन ६ गते । रातो तारा डट कम,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । आजको बैठकमा आथगामी महाधिवेसन, संसद पुनस्थापना वा चुनावमा पार्टीको धारणाका बिषयमा छलफल हुनेछ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले सीआईएनलाइ जानकारी दिनुभयो ।
केन्द्रीय समितिको हिजोको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ । कांग्रेसले १४ औं महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । बैठक अघि पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफलले पार्टीको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा बस्ने प्रस्ताव अघि सारेको छ ।
संसद विघटनविरुद्ध प्रमुख शहरहरुमा ठूला सभा आयोजना गर्नुपर्ने आवाज पनि कांग्रेसभित्र उठेको छ । रिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संसद विघटन असंवैधानिक भएकाले संसद पुनःस्थापित हुनुपर्छ भन्ने निर्णय गरेर कांग्रेस सशक्त आन्दोलनमा जानुपर्ने धारणा बैठकमाराख्नु भएको छ । सभापति शेरबहादुर देउवा भने संसद विघटनको विषय सर्वेच्च अदालतमा पुगेकाले फैसला गर्न अदालतलाई दबाव पुग्ने खालको कुनै पनि गतिविधि गर्न नहुने बताइहनु भएको छ ।
Post a Comment