Websoft University

कृषिमा दिने अनुदानमा राज्यबाट पछी परेको कृषक अनिता ज्ञवालीको गुनासो

 


शिव भट्टराई, मोरङ माघ २९ गते । रातो तारा डट कम,अनिता ज्ञवाली र उनका श्रीमान् कृष्ण राज ज्ञावाली आज भन्दा २ वर्ष अघि सुन्दरहरैंचा नगरपालिका वडा – ८ को व्यस्त बजार सलकपुरमा होटल संचालन गरि बस्नु भएको थियो।  उनका २ सन्तति मध्ये  छोरा कतार र छोरी अष्ट्रेलियामा छिन।  तर अहिले  श्रीमान् संगै होटेल संचालन गरेका ज्ञावाली दम्पति बाख्रापालन मै व्यस्त छन्। 


होटेल छोडेर ३० वटा बाख्रा बाट कृषि ब्यबसाय  संचालन गरेका उनको फर्ममा १०० भन्दा बढी बोयर, खरी, जमुना पारि लगायत जातका छन।  ३ बिघा भाडामा संचालन गरेको ॐ एग्रो कृषि फर्म ब्लक क र ख मा छन्।  अनिताले बाल्यकाल देखि निकै दुख गरेपनि सामाजिक र राजनीतिक क्षेत्रमा समेत उतिकै सक्रिय छिन।  राजनीति र सामाजिक कार्य गरेर मात्र हुँदैन जिबिका चलाउन र बाँकी समयलाई कटाउन कृषि पेशा लाई अगालेकी हुन् ।  


अष्ट्रेलियाबाट बोयर जातको बोका ल्याएर अहिले ३० लाख भन्दा बढी लागानी गरिसकेका छन्।  ज्ञावाली दम्पति कृषिमा दिने अनुदानमा भने राज्यबाट पछी परेको र हुने खाने र पहुँचवालाले  पाउँदा दुखेसो व्यक्त गर्छन।   सहि कृषकलाई अनुदान दिनु पर्ने धारणा ब्यक्त गर्छन। 

बाख्रा पालन ब्यबसायमा आफु मोरंगकै सफल किसान भएको ज्ञवाली दाबि गर्दै परिश्रम गरि सन्तुष्ट  रहेको बताउछिन।  यसमा उनको श्रीमानको उतिकै साथ् रहेको छ।  बाख्रापालनका लागि ३ बिघामा घास खेति समेत  गरेकी छिन्।  पशु बिमा समेत गरेका उनले १६ \१७ वटा पाठापाठी मर्दा समेत इन्सुरेन्स कम्पनिबाट  क्षति नपाएको दुखेसो श्रीमान् कृष्णराजको रहेको छ।  

राम्रो आम्दानी लिन सकेका ज्ञवालीले ब्यबसायबाट आफु र श्रीमान् संगै स्वरोजगार बन्दै अरुलाई समेत  रोजगारी दिएकि छिन। उनको फर्म हेर्न र पाठापाठी किन्न बिभिन्न जिल्लाबाट समेत आउने गर्दछन।   ज्ञवालीले बैंकबाट सहुलियत ब्यबसायिक कृषि कर्जा समेत लिएर ब्यबसाय अगाढी बढाउदै कृषि उधमी महिलाको परिचय समेत दिएकि छिन। 

बाख्रापालन ब्यबसाय संगै सामाजिक र बिभिन्न संघ संस्था, राजनीतिक क्षेत्रमा समेत उतिकै सक्रिय महिला हुन्।  कृषि कर्म गर्ने यस्ता उधमी महिलाहरुलाई राज्यले अझै हेर्न सकेको छैन। तर ज्ञवालीबाट भने ब्यबसायिक किसान बन्न अरुले समेत पाठ सिक्न जरुरी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.