Websoft University

भारतका त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवको अभिव्यक्तिमा नेकपा प्रचण्ड समुहको आपति

 


काठमाण्डौ फागुन ५ गते । रातो तारा डट कम,भारतीय गृहमन्त्री अमित शाहलाई उधृत गर्दै त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले हालै एक सार्वजनिक कार्यक्रममा नेपालको सम्बन्धमा दिएको अभिव्यक्ति प्रति नेकपाको प्रचण्ड–नेपाल समूहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज विज्ञप्ति जारी गर्दै अभिव्यक्ति प्रति गम्भीर आपत्ति प्रकट गर्दै भारतीय गृहमन्त्री शाहबाट विषयवस्तु स्पष्ट हुनुपर्ने माग राख्नुभएको छ । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट त्रिपुरा राज्य सरकारको नेतृत्व गरिरहनु भएका विप्लव देवले उहाँहरुसँगको छलफलमा तत्कालीन जनता पार्टीका अध्यक्ष एवं भारतका गृहमन्त्री अमित शाहले नेपाल लगयातका देशहरुमा पनि भारतीय जनता पार्टीको संगठन विस्तार गर्ने र सरकार बनाउने धारणा राख्नु भएको अभिव्यक्ति दिनुभएको थियो । 

हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिको गम्भीर आपत्ति प्रकट गर्दै कडा विरोध गर्दछ, प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा छ । त्रिपुराका मुख्यमन्त्री देवले गृहमन्त्री शाहलाई उधृत गर्दै नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको सरकार बनाउने योजना रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.