Websoft University

सांस्कृतिक कार्यक्रम गर्दै ज्योति माध्यमिक विद्यालयले मनायो ५७औं वार्षिकोत्सव!

 


शिव भट्टराई,मोरङ माघ ३० गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ६ मा रहेको अन्धकार रूपी अज्ञानता चिर्दै शिक्षाको ज्योति बाल्ने सङ्कल्प सहित स्थापना भएको ज्योति माध्यमिक विद्यालयको ५७औं  बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न सांस्कृतिक कार्यक्रम गर्दै सम्पन्न भएको छ। बिहीबार सम्पन्न भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन राईको सभापतित्व रहेको थियो। 


सोही अवसरमा प्रमुख अतिथी ढकालद्वारा ३६ लाखको लागतमा बन्न लागेको ४ कोठे भवनको शिलान्यास गरिएको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले 


नगरको तर्फबाट विद्यालयको सार्वजनिक सम्पत्तिलाई सदुपयोग गर्नको निम्ति सबै खालको सहयोग गर्न तयार रहेको बताएका थिए।


त्यसैगरी कार्यक्रममा विद्यालयका प्रधानध्यापक यम प्रसाद सिग्देलद्वारा प्रतिवेदन पेश गरिएको थियो भने अतिथी साजीलाल मा वि का प्रधानध्यापक कल्याण प्रसाद सिटौला, गछिया आधारभूत विद्यालयका प्रधानध्यापक केशव राज काफ्ले, उक्त विद्यालयका पूर्व प्रधानध्यापक जीत बहादुर राई, विद्यालयका दाता कर्ण गुरुङ, हरि वहादुर भुजेल लगायत अन्य विशिष्ठ साथै सामाजिक व्यक्तित्वहरू सहित अभिभावकहरुको उपस्थिति रहेको थियो।

विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर विद्यालयले उत्कृष्ट शिक्षक साथै विद्यार्थीहरुलाई सम्मान गरेको थियो।कार्यक्रममा उत्कृष्ट शिक्षक २०७६ नविन्द्र कुमार लाल दास , सर्वाधिक हाजिरी हुने शिक्षक २०७६ राज कुमार शाह, निवृत विद्यालयका कर्मचारी सन्त कुमार प्रधानलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा उत्कृष्ट विद्यार्थी २०७६ सालको एस.ई.ई परीक्षामा द्वितीय र विद्यालय तर्फ सर्वाधिक अङ्क (३.५५ जि.पि.ए) प्राप्त गर्ने छात्रा अस्मिता कार्की, लगनशील ,जेहेन्दार तथा विपन्न एस.ई.ई (३.५० जीपिए) छात्रा पुरस्कार अन्तर्गत आरती सार्की, छात्र पुरस्कार अन्तर्गत यज्ञ अधिकारी लगायत अन्य लगनशील , जेहेन्दार , विपन्न तथा एस.ई.ई परीक्षामा उत्कृष्ट जि.पि.ए ल्याउन सफल विद्यार्थीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो।

यस विद्यालयको आगामी दिनहरूमा अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्ने, दाता सम्मान स्वर्ण स्मारक तयार गर्ने, प्राबिधिक शिक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानध्यापक सिग्देलले बताएका छन् भने

उक्त कार्यक्रम राम प्रसाद गुरागाईंले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.