Websoft University

२५० केजी गाँजा सहित २ जना पक्राउ

 

सुनसरी, माघ २१ गते । रातो तारा डट कम,सुनसरीको ईनरुवा  नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित  २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट आज बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो । 

ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउण्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा  को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाईकललाई समेत क्षति पुर्‍याएको तथा १ जना प्रहरी समेत घाईते भएका छन् । 

कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नहरबाट राती नै नियन्त्रणमा लिएको हो  । गाडीसंगै चालक भोजपुर हतुवागडि  गाउँपालिका-९ का २७ बर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान -१ का  २६ बर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ  भने गाडिमा रहेको २५० के.जि गाँजा, नगद १ लाख ५४ हजार र १ थान खूकुरी समेत बरामद भएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.