Websoft University

नेकपा अध्यक्ष प्रचण्ड विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा छिटो सुनुवाई हुने


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध अदालतमा परेको अवहेलना मुद्दा आज पेसीमा चढ्ने भएको छ । नेपाल ल क्याम्पसमा अध्यय्नरत समीर हायूले निवेदन आइतबार अपहेलना मुद्दा दायर गर्नुभएको थियो । 

प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रचण्डले प्रभावित पार्न खोजेको, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता र संवैधानिक एवं कानुनी व्यवस्था प्रतिकूल भएको दावी गर्दै उहाँले अदालतको अवहेलना मुद्दामा निवेदन दायर गर्नुभएको हो । निवेदक हायूले निवेदनमा अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा प्रचण्डले सो विपरीत काम गरेको र कानुनतः दण्डनीय रहेको जिकिर गर्नुुभएको छ । 

धम्कीपूर्ण भाषा प्रयोग गर्दै प्रचण्डले अदालतलाई गम्भीर रूपमा त्रसित पार्ने, प्रभावित पार्ने, जनतालाई अदालतको काम कारबाहीसँगै स्वच्छताको विषयमा गम्भीर भ्रम सृजना गर्ने कार्य गरेको र यो कार्य संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको मान्यता भन्दा विपरीत रहेको निवेदक हायूको तर्क छ । 



 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.