मोरङ फागुन ५ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालीका ५ लाटिझोडास्थित गत साउन २५ गते कृयापुत्री बसेकै अवस्थामा सामुहिक कुटपिट पछि फरार रहेका मध्ये २ जनालाइ गछिया प्रहरीले पक्राउ गरेको छ ।कृयापुत्री बसेकै बेला ६ जनाको समुहले सोहि वडाका स्थानीय खड्गकुमार अधिकारी र टेकनाथ अधिकारीमाथि आक्रमण गरेका थीए । पिडित पक्षले घटना भएको भोलिपल्टै प्रहरीमा उजुरी दिएका थीए ।
अभियुक्तहरूलाइ खोजि गर्ने क्रममा प्रहरीले गत फागुन २ गते मोरङको सुन्दरहरैचा नगरपालिका ५ बाट राती २ जनालाइ नियन्त्रणमा लिएको छ । प्रहरीले सुन्दरहरैचा ५का २६ बर्षिय सोनाम भनिने भाइसन तामाङ र सोहि स्थानका २८ वर्षिय दिपेन्द्र राइलाइ नियन्त्रणमा लिएको हो ।उनिहरूलाइ पिडितले दिएको उजुरीपश्चात नियमित खोज तलासको क्रममा सोहि वडाको बाँसघारीमा लुकेर बसेको अवस्थामा पक्राउ गरी आवस्यक अनुशन्धान अघि बढाइएको गछिया प्रहरी चौकीका प्रहरी नायव निरिक्षक बिपिन थापाले बताए ।
६ जनाबिरूद्ध किटानी जाहेरी परेपनि दुइ जनामात्र पक्राउ परेको र बाकिका ४ जना अझै फरार रहेकोले उनिहरूको पनि खोजि कार्य भइरहेको प्रहरी नायव निरिक्षक थापाले बताए ।
Post a Comment