Websoft University

इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भए


सुनसरी । रातो तारा डट कम,   इटहरीमा आफनो घर आँगनमै स्वास्थ्य परीक्षण गर्न पाउदा अपाङ्गता भएका ब्यक्तिहरु उत्साहित भएका छन । इटहरी उपमहानगरमा अपाङ्गता भएका ब्यक्ति तथा वालवालिकाका लागि सुरु निशूल्क स्वास्थ्य शिविरको पहिलो दिन वडा नम्वर २ का ७८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले शिविरको उदघाटन गर्नुभयो । वडाध्यक्ष हर्क मगर र करुणा फाउण्डेसनकी सुनसरी संयोजक सगुन गुरुडले स्वास्थय शिविरका वारेमा वोल्नुभयो । डा गुञ्जन त्रिताल,डा उपासना पोखरेल,अडियोलोजिष्ट स्पिचथेरापिष्ट रमेश चौधरी लगायतका स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्नुभयो ।

कार्यक्रममा अपाङ्गता परिचय पत्र नलिएका ५४ जनाको सूचीकरण गरिएको छ । इटहरीमा माघ १८ देखि २६ गते सम्म अपाङ्गताभएकाहरुका लागि निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्र्तगत निशूल्क स्वास्थ्य शिविर सुरु भएको हो । इटहरी उपमहानगर,प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको त्रिपक्षीय साझेदारीमा इटहरी उपमहानगरमा अपांगता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम संचालित छ । माघ १९ गते वडानम्वर ३ को स्वास्थ्य क्लिनिकमा,माघ २० गते वडा नम्वर ५,७र ८का लागि इटहरी अस्पतालमा र माघ २१ गते वडा नम्वर ४,६ र ९का लागि इटहरी अस्पतालमा निशूल्क स्वास्थ्य शिविर हुने छ । 

यसैगरि माघ २२  गते वडा नम्वर १०,११ र १२का लागि र माघ २३ गते वडा नम्वर १३ र १४का लागि खनार स्वास्थ्य चौकीमा निशूल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । माघ २५ गते वडा नम्वर १७ र १८का पकली स्वास्थ्य चौकीमा,  माघ २६ गते वडा नम्वर १५ र १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा र माघ २७ गते वडा नम्वर १,१९ र २० का लागि २० नम्वर वडा कार्यालयमा स्वास्थ्य शिविर हुने छ ।

 स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण,मनोपरामर्श,कुपोषण सम्वन्धि परामर्श दिइने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिनुभयो । उहाँका अनुसार हाडजोर्नीको अप्रेसन र हातखुटटा वाङ्गगिएको भए उपचारका लागि रेफर गरिने छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरणका लागि र अपाङ्गता परिचय पत्र प्राप्त नगरेको भए परिचय पत्रका लागि सूची समेत तयार पारिने छ ।निशूल्क स्वास्थ्य शिविरमा सहभागि हुनका लागि अपाङ्गता भएका ब्यक्ति र वालवालिकालाई इटहरी उपमहानगरले आग्रह गरेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.