Websoft University

टिपर दुर्घटना ३ जनाको मृत्यु

सोलुखुम्बु, माघ ५ गते । रातो तारा डट कम, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतवार राती पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाईड्रो साल्मे बाट पुरानो रड र तारहरु बोकि ८६ हाईड्रोतर्फ जादैगरेको  CE कम्पनीको बा ४ ख ७९८०  नंम्बरको टिफर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका बाग्मती नगरपालिका-४ मकवानपुरका ३३ बर्षीय राज कुमार मगर, सुरुङगा नगरपालिका-८ सप्तरीका १९ बर्षीय कृष्णराज चौधरी र धार्दिङका ३० बर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । सोही दुर्घटनामा घाईते भएका हेटौडा फापरवारीका २२ बर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.