Websoft University

भारतको एजेन्डा हो--निक्ष शमशेर राणा


काठमाडौ । रातो तारा डट कम, राष्ट्रिय एकता परिषदका अध्यक्ष एवं शाहीकालिन मन्त्री निक्ष शमशेर राणाले प्राईम एच. डि. टेलिभिजन मार्फत प्रसारण हुने कार्यक्रम “ जनता जान्न चाहन्छन “ मा कार्यक्रम प्रस्तोता ऋषि धमाला संग कुरा गर्दै ‘हिन्दू राष्ट्र’ भारतको एजेण्डा भएको बताएका छन् । राणाले नेपाललाई ‘हिन्दू राष्ट्र’ बनाउने भारतीय एजेण्डा भएकोले हिन्दू राष्ट्र नभई हिन्दू अधिराज्य नेपालीहरुले नै लिएर आउने दाबी गरेका हुन्।

राणाले भने, ‘हिन्दू राष्ट्र होइन। हिन्दू राष्ट्र इण्डियन कुरा भयो। हामी हिन्दू अधिराज्य नै भन्छौं। हिन्दू अधिराज्य नेपालीले नै लिएर आउँछन्।’

राणाले राजसंस्था पुनस्थापनाको लागि अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली कारक हुने बताएका छन्। राणाले गणतन्त्रको असफलताले नै जनताले राजसंस्था पुनस्थापना गर्ने बताएका हुन्। उनले भने, ‘केपी ओली राजसंस्था फर्किनको लागि कारक तत्व पक्कै हुन्। ओलीको निकम्मापनाले राजसंस्था पुनस्थापना हुन्छ।’

अहिले अत्यन्तै आश गरिएका ओलीलाई नै सबैले निकम्मा बनाएपछि राजाले ‘टेक ओभर’ गर्ने राणाको आशय थियो। उनि ओली प्रति केहि सफ्ट देखिए। उनले अरु भन्दा ओलीमा अरु केहि नभए पनि साहस भएको टिप्पणी गरे।

राणाले ओलीलाई साच्चै हिम्मत नै छ भने जनमुखी तानाशाह भएर देखाउन हाँक दिएका छन्। उनले भने, ‘हिम्मत छ भने केपी ओलीले डिक्टेटर बनेर देखाओस्। जनताको लागि डिक्टेटर बनेर देखओस्। पार्टीको लागि व्यक्तिगत स्वार्थको लागि होइन। तर जनमुखी तानाशाह बन्नु पर्छ। सक्छ भने ह्याउ छ भने गरेर देखाओस्। तर पार्टीको लागि, आफ्ना निहित मान्छेको र व्यक्तिगत स्वार्थको लाग्ने हो भने त्यस्ता तानाशाहलाई के बनाएको छ इतिहास हेरे हुन्छ।’

राजा ज्ञानेन्द्रले सत्ता हातमा लिनु केहि समय अघि काठमाडौँमा राजाले सत्ताहातमा लिनुपर्छ भन्दै ठूलो संख्यामा युवा जमात सडकमा उतारेका राणाले त्यहिँ भातिमा पृथ्वी जयन्तीका दिन निष्क्रिय प्राय भइसकेको पुरानै संस्था राष्ट्रिय एकता परिषदको ब्यानरमा युवाहरुको रÞ्याली निकालेका छन्। जानकारहरुले पूर्वराजासँग अत्यन्तै निकट राणाको बढ्दो गतिविधिले निकट भविष्यमा नै केहि अप्रत्यासित परिवर्तन हुन सक्ने सम्भावनालाई नकार्न नसकिने बताएका छन्।

राणाले नेपालमा जनताले आधिकार नपाएको उल्लेख गर्दै व्यंग्य गरे, ‘नेतालाई यदी जनता भन्ने हो भने चाही अधिकार पाएका छन्। त्यो बाहेक सर्वसाधारण नेपालीले केहि पाएका छैनन्।’

राणाले ६३मा व्यवस्था फेरिएपछि राजा समर्थकहरुलाई अर्कै नजरले हेर्न थालिएपछि नयाँ व्यवस्था र नेताहरुलाई काम गर्न दिइएको बताए। तर विगत १४ वर्षमा जनताले जे जे पाउँछन् भनेर सपना देखाइएको थियो त्यो केहि पनि नपाएको उनको बुझाई छ। उनले भने, ‘व्यवस्था फेरिएपछि हामीलाई आग्रह पूर्वाग्रहले हेर्न थाले। हाम्रा मान्छेलाई कारवाही गर्न थालियो, जंगलबाट आएकाहरुले। हामीले गरेको चित्त बुझ्दैन भने यिनीहरुले के गर्दा रहेछन् भनेर धैर्यताका साथ हेर्यौ।’

राणाले आफूहरु प्रजातन्त्रको विकल्प नखोज्ने तर गणतन्त्रको विकल्प भने अवश्य खोज्ने बताए। उनले आफूहरु गणतन्त्रको कट्टर विरोधी रहेको बताए। उनले गणतन्त्र नेपालीले नभई भारतले ल्याएको भन्दै विदेशीले स्थापित गरिदिएको व्यवस्थालाई स्वीकार्न नसकिने बताएका हुन्। ‘कसले भन्यो गणतन्त्र नेपालीले ल्याए भनेर? गणतन्त्र नेपाली जनताले होइन नेपाली अनुहार भएका विदेशीको इशारामा चल्ने गोटीहरुले चाही ल्याएको हो।

राणाले नेपालमा गणतन्त्र स्थापित नभएको बताए। उनले संविधानमा लेख्दैमा गणतन्त्र स्थापित नहुने मत व्यक्त गरे। उनले भने, ‘यो देशमा ५ ओटा संविधान आइसक्यो, हरेक संविधानले भनेको चिज अकाट्य हुने भएको भए त आज यो सबै चीज हुदै हुदैनथ्यो नि!’

राणाले हिन्दू अधिराज्य फर्काउने आफ्नो अभियान संसद बन्न, मन्त्री बन्नलाई नभएको पनि दाबी गरे। नेपाल जस्तो संसद देखि मन्त्री सम्म किनबेच हुने ठाउँमा मन्त्री बन्नको नै लागि यो सबै कुरा गर्न नपर्ने पनि बताए। ‘संसद बन्नलाई, मन्त्री बन्नलाई पैसा लिएर बन्न सकिन्छ भने यो सबै झमेला गर्न जरुरी छ? राजाकै नाम लिने हरु गएर मन्त्री बनेका छैनन्? खै हामी त बनेनौं त। चाहेको भए हामी बन्न सक्थ्यौं नि,’ उनले भने।

नेपालमा व्यवस्थाहरु राजा र जनताको कारण नभई नेताको नै निकम्मापनाका कारणले फेल भएको ठम्याई राणाको छ। उनले बहुदल देखि गणतन्त्र नेताको नै असक्षमताले काम गर्न नसक्ने भएको पनि बताए। त्यसैले उनको निष्कर्ष छ, ‘हाम्रो लडाई व्यवस्थासँग होइन अवस्थासँग हो। हाम्रो लडाईका बीच व्यवस्था आउछ भने त्यो पनि समाप्त हुन्छ।’

राणाले नेपालको पछिल्लो कालखण्डमा राजा महेन्द्रले मात्र सक्रिय शासन गरेको दाबी गरे। उनले ६१को तत्कालिन राजा ज्ञानेन्द्रको कदम रहर नभई बाध्यता भएको बताए। उतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराउन नसकेपछि देशलाई त्यसै अनिर्णयकोवन्दी बनाउन नमिल्ने भन्दै राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएको पनि बताए ।

साभार ः नेपाल दिप मिडिया ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.