Websoft University

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुने


काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम,प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । समुह बीको खेलमा बागमती प्रदेश र नेपाल पुलिस क्लब तथा समुह एको खेलमा त्रिभुवन आर्मी र कर्णाली प्रदेश भिड्दैछन् ।

बागमती प्रदेश राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा मैदान उत्रनेछ । प्रतियोगिताको पहिलो खेल अघि बागमतीले प्रत्येक खेलाडीलाई प्रदेश सरकारको तर्फबाट म्याच शुल्क वापत हरेक खेलको २ हजार रुपैयाँ प्रति खेलाडी दिने घोषणा गरेको छ । सातै प्रदेशका सबै खेलाडीको ५ लाख रुपैयाँको बिमा समेत गरिदिएको छ । शतक प्रहार गर्ने प्रदेशका खेलाडीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा समेत गरेको छ । विभागीय टिमविरुद्ध उत्रदै गर्दा बागमती पहिलो जितको खोजीमा हुनेछ । पूर्व कप्तान पारस खड्का समेत बागमतीको टिमबाट मैदान उत्रनुहुनेछ । 

तर राष्ट्रिय टिमका खेलाडीले भरिएको पुलिसविरुद्ध खेल्न बागमतीलाई सजिलो हुने छैन । अमित श्रेष्ठ सहितको पुलिसको टिममा कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी जस्ता खेलाडी समावेश छन् । दुवै टिम पहिलो खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा छन् । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ । 

अर्को खेलमा त्रिभुवन आर्मी क्लब लगातार दोस्रो जित निकाल्दै लक्ष्य सहित कर्णाली प्रदेशविरुद्ध उत्रनेछ । कर्णाली आफ्नो पहिलो खेलमा आर्मीविरुद्ध मैदान उत्रदैछ । समुह एमा आर्मीले दुई अंक बटुलेको छ । पहिलो खेल खेल्न लागेको कर्णाली अंक विहिन छ । खेल मुलपानी स्थित क्रिकेट मैदानमा हुनेछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.