Websoft University

६ करोड ७७ हजार नाग्यो विश्वभर कोरोना सङ्क्रमितको संख्या


काठमाण्डौ माघ ४ गते । रातो तारा डट कम,विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घन्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ । यस्तै गत २४ घन्टामा थप १२ हजार ८ सय ६९ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० लाख ३० हजार ९ सय १४ पुगेको छ ।

हालसम्म विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ७७ लाख ७३ हजार ३४ जना स्वस्थ भएका छन् भने हाल विश्वभर सक्रिय सङक्रमितको सङ्ख्या २ करोड ५१ लाख ४५ हजार ४ सय ६६ रहेको छ । गत २४ घन्टामा थपिएका सङ्क्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ९९ हजार १ सय ८७ जना,  ब्राजीलमा ६२ हजार ४ सय ५२ जना, बेलायतमा ४१ हजार ३ सय ४६ जना, रुसमा २४ हजार ९२ जना, फ्रान्समा २१ हजार ४ सय ६ जना रहेका छन् । 

 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.