Websoft University

सवारी दुर्घटना ३ जनाको मृत्यु

बिराटनगर, माघ ९ गते ।  रातो तारा डट कम,प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । मोरङको मिक्लाजुङ गाँउपालिका-५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २-०१- ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किदा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । यसैगरी  सुनसरीको कोशी गाउँपालिका-२ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका-११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिनवटै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.