Websoft University

वडा कार्यालय तोडफोड


काठमाण्डौ माघ ९ गते । रातो तारा डट कम,गुल्मीको मालिका गाउँपालिका –७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । सिसिटिभिको भिडियोअनुसार बुधबार राति १० बजेर १९ मिनेटमा एकजना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् । कार्यालयका दुवै ढोका तोडी एउटा ल्यापटक चोरले लगेको छ । सिसिटिभिको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेद प्रसाद पन्थले जानकारी दिनुभयो । चोरले कार्यालयका महत्वपूर्ण कागजपत्रहरु पनि च्यातेका छन् । घमिरको वडा कार्यालयमा यसभन्दा अगाडी ०७६ पौष ९ गते र गत असौज १० गते पनि तोडफोड भएको थियो । तर चोर भने पत्ता लागेको थिएन । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुजुल्का तयार गरी घटनाको बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ । 








Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.