Websoft University

राष्ट्रिय परीक्षा बोडले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गर्दै,


काठमाण्डौ पुस २७ गते । रातो तारा डट कम,राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा १० दिन भित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ । पुष भित्रैमा नतिजा प्रकाश गर्ने तयारी गरेको भएपनि विद्यालयबाट आएको विवरण मिलाउन समय लागेकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डले जनाएको छ । सीआइएनसँग कुरा गर्दै बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले माघ पहिलो साता भित्रै नतिजा प्रकाशन गरिसक्ने बताउनुभयो । कोरोनाका कारण गत वैशाखमा हुनुपर्ने परीक्षा मंसिरमा सरेको थियो । यसैबीच कक्षा ११ को पाठ्यक्रमको बारेमा अझै अन्यौलता कायमै छ । शैक्षिक शत्र सकिनै लाग्ने बेलासम्म पनि कक्षा ११ मा कुन पाठ्यक्रम पढाउने भन्ने विषय अदालतमा विचाराधिन रहेकाले विद्यार्थीहरु अन्योलमा परेका छन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.