Websoft University

एन्फाको १९ औं साधारण सभा हेरिटेज गार्डेनमा हुदै,


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा आज हेरिटेज गार्डेन सानेपा ललितपुरमा हुदैछ । कोरोना भाईरसको महामारीको कारण पटक पटक स्थगित हुँदै आईरहेको एन्फाको साधारण सभा आज हुन लागेको हो । साधारण सभा सानेपामा हुनेछ । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गर्नुभएको आर्थिक प्रतिवेदन प्रस्तुत गरिनेछ । जोशीले अनुमातित ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको बटेजलाई साधारण सभामा प्रस्तुत गर्नुहुनेछ । त्यस्तै एन्फाले मनाङ, खोटाङ र नवलपरासी सुस्ता पूर्व जिल्लाहरुलाई एन्फा सदस्यता प्रदान गर्न साधारण सभामा निर्णयार्थ प्रस्तुत गर्नेछ । साधारण सभाले पारित गरेमा एन्फाको सदस्य जिल्ला ४८ पुग्नेछ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.