Websoft University

प्रेश विज्ञप्ती- औद्योगिक क्षेत्रका सम्बन्धमा समसायिक विषयहरुंंांा भएको छलफल सम्पन्न

 


बिराटनगर । रतो तारा डट कम, उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयूक्त आयोजनामा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेका साथ औद्योगिक क्षेत्रका  समसायिक विषयहरुका सम्वन्धमा आज मिति २०७७ पौष २४ गते छलफल कार्यक्रम सम्पन्न भएको छ । 

छलफलमा वाल्दै उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले नेपाल सरकार ल्याएको उत्पादनशिल उद्योगलाई आवश्यक विदेशी श्रमिक स्वास्थ्य मापदण्ड पुरा गरी सहजरुपमा ल्याउने व्यवस्था हुनुपर्ने,  उद्योग÷व्यवसाय क्ष्ँेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै आयकर कारोवारको वार्षिक विवरण वुझाउने म्याद चैत्र मसान्त सम्म थप गर्न अर्थ मन्त्रालयमा पहल गर्न अनुरोध गर्नु भयो । 

त्यसैगरी असहज अवस्थालाई ध्यानमा राखी उद्योगहरुको विद्युत डिमाण्ड शुल्क पूर्ण रुपमा छुट दिन, प्रत्येक वर्ष वढ्ने क्रममा रहेको व्यापार घाटालाई सन्तुलनमा ल्याउन निर्यातयोग्य उद्योगहरुको प्रवर्धन र विकासका लागी सुनसरीको अमडुवामा रहेको साल्ट ट्रेडिङको जग्गामा सम्पूर्ण पूर्वाधार सुविधा सहितको क्रश वोर्डर औद्योगिक ग्राम निर्माणमा उद्योग मन्त्रालयले अभिभावकत्व लिनु पर्नेमा जोड दिनु भयो  

कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले मुलुकमा औद्योगिकीकरण भएमात्र आर्थिक रुपमा समृद्ध हुने भएकाले औद्योगिक विकासमा सवालमा सरोकारवाला पक्ष्ँको सहकार्य हुनु पर्ने वताउनु भयो । उहाले आत्मनिर्भर भएका उद्योगको संरक्ष्ँण, खुला सिमाना नियन्त्रणका साथै निर्यात प्रवद्र्धनका लागि नीतिगत व्यवस्था गर्न अनुरोध गर्नु भयो । 

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले मुलुकमा लगानीका नया क्ष्ँेत्रहरु पहिचान गरी आफुलाई स्थापित गर्न वजार, लगानी र प्रविधि मैत्री वनाउदै लैजान उद्योगीलाई अनुरोध गर्नुभयो । उहाले आन्तरिक र वैदेशिक लगानीकर्ताहरुलाई विश्वास दिलाउदै नया क्ष्ँेत्रहरुमा लगानी नवढाए पछाडी पर्ने भएकाले अन्तर निकायहरु वीच समन्वय गरी लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । 

सचिव घिमिरेले आत्मनिर्भर भएका उद्योगहरुलाई पूर्ण जडित क्ष्ँमतामा संचालन सरकारले के कस्ता नीतिहरुको अवलम्वन गर्नुपर्छ, उत्पादन लागत घटाउन, करका दायरामा गर्नुपर्ने संशोधनका विषयमा सुुझाव दिन अनुरोध गर्दै औद्योगिक क्ष्ँेत्रमा लगानी अभिवृद्धि गर्न अनुरोध गर्नु भयो । उहाले मन्त्रालयले औद्योगिक कल्स्टर, औद्योगिक ग्राम, औद्योगिक क्ष्ँेत्र लगायतका क्ष्ँेत्रमा कार्य अगाडी वढाएको जानकारी गराउनु भयो ।  

मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीले मन्त्रालयले औद्योगिक विकास लागि आवश्यक तथ्यांकको खाचोलाई दृष्टिगत गर्दै एकिकृत तथ्यांकको काम अगाडी वढाएको, सातै प्रदेशमा विजनेश ईन्क्यूवेशन सेन्टर स्थापनाका लागि कार्य प्रारम्भ गरेको र उद्योगहरुको प्रवद्र्धनका लागि नीतिगत सुधारमा मन्त्रालय कार्य शुरु गरीसकेको वताउनु भयो । 

संगठनका पूर्व अध्यक्ष्ँ अशोक मुरारका र शिवशंकर अग्रवालले वैदेशिक लगानी कुन क्ष्ँेत्रमा ल्याउने स्पष्ट हुनु पर्ने, मीरगंजको पूल निर्माणका लागि भारत सरकार समक्ष्ँ कुटनीतिक पहल गर्नुपर्ने, निर्यातमा दिदै आएको अनुदानको दायरा वढाउनु पर्ने सुझाव दिनु भयो । 

संगठनका वरिष्ठ उपाध्यक्ष्ँ सुयश प्याकुरेल, उपाध्यक्ष्ँ प्रदिप मुरारका, राकेश सुरानाले पूर्वाधारको अभावमा उत्पादन लागत वृद्धि भएको, वैंक व्याजदर अस्थिर भएको, स्वदेशी वस्तुको प्रवद्र्धनमा सरकारी निकायले अभिभावकको भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भयो । 

मोरंग व्यापार संघका निवर्तमान अध्यक्ष्ँ पवन शारडा र उपाध्यक्ष्ँ अनुपम राठीले उद्योगको प्रवद्र्धनको जिम्मेवारी उद्योग मन्त्रालयले लिनुपर्ने, उद्योगहरुले आर्थिक विकासमा पु¥याउदै आएको योगदानलाई दृष्टिगत गर्दै उद्योगलाई संरक्ष्ँण गर्नु पर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा उद्योग संगठन मोरंग र मोरंग व्यापार संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, उद्योगी÷व्यवसायीहरु र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकृतहरुको सहभागिता रहेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.