Websoft University

सवारी दुर्घटना १ जनाको मृत्यु


मोरङ, पौष २५ गते । रातो तारा डट कम,मोरङको कानेपोखरी गाउँपालिका ५ भौसावारीमा स्कुल बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ । शुक्रवार अपरान्ह पौने ५ बजेको समयमा को १ क ३००९ नम्बरको जगत बोडिङ स्कुलको बसले ब्याक गर्ने क्रममा पछाडीबाट आउँदै गरेको को ८ प ७३३६ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल पछाडी सवार रहेकी स्थानीय ४० बर्षीया दिपा भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटाना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.