Websoft University

करेन्ट लागेर भालु मृत्यु


गाइघाट २० पौष । रातो तारा डट कम,बिधुत बिस्तार भैरहेको कटारी नगरपालिका २ को चुरे बन क्षेत्रमा करेन्ट लागेर भालुको मृत्यु भएको छ । बिधुत हाइटेन्सन लाइन छेउ करेन्ट लागेर सोमबार बिहान एउटा भालु मृत अबस्थामा भेटीएको जिल्ला बन उदयपुरका सहायक बन अधिकृत जागेश्वर साहले बताए । बिगत केही दिन देखी सिराहाको मिर्चैया देखी कटारी सम्म नया बिधुत बिस्तार हुदै आएको छ । चुरे पहाड को ढिस्को नजिकै बाट गएको बिधुत लाइनको तारमा भालु परेर करेन्ट लागेको हुन सक्ने बन कर्मचारीले अनुमान गरेका छन । केही समय अघि पनि सोही ठाउमा केही पैदल यात्री करेन्ट लागेर घाइते भएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.