Websoft University

प्रदेश १ मा २९ हजार ८ सय संक्रमित, २८ हजार ७ सय डिस्चार्ज


विराटनगर, २० पुस । रातो तारा डट कम, प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । आज १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्लेजुङमा १२०, ते¥हथुममा ११९, खोटाङमा ९६, भोजपुरमा ८५, ओखलढुङ्गा ४७, सोलुखुम्वुमा ३७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्याङक संकलन तथा अनुगमनसमितिका संयोजक डा.रविन्द्र निरौलाले बताउनुभयो । उहाँका अनुसार प्रदेश १ बाहिरका १ हजार १७ जनामा कोरोना संक्रमण भएको छ । 

प्रदेश १ मा आज ८१ जना डिस्चार्ज भएसँगै २८ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् । मोरङमा १२ हजार ६८४, सुनसरीमा ८ हजार ६५९, झापामा ४ हजार ३९२, उदयपुर ४८२, इलाममा ४४७, संखुवासभा ३२८, धनकुटामा १८७, पाँचथरमा १४१, ताप्लेजुङमा ११४ ते¥हथुममा ११२, खोटाङमा ९३, भोजपुरमा ८३, ओखलढुङ्गा ४५, सोलुखुम्वुमा ३५ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  प्रदेश १ बाहिरका ९३७ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हाल होमआईसोलेसनमा ६५८रहेका छन् । प्रदेश १ मा आजसम्म २ लाख ९ हजार ९४९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.