Websoft University

एक युवा एक वर्ष पछि पक्राउ


 गाईघाट ८ माघ । रातो तारा डट कम,प्रहरीले बलात्कार गरी फरार रहेका एक युवा लाई एक वर्ष पछि पका्रउ गरेको छ । उदयपुरको बेलका नगरपालीका ४ गुरुङगचौरीमा २०७६ असार १७ गते राती १८ वर्षिया एक युवती लाई नसालु पदार्थ खुवाएर दुई जना ले बलात्कार गरी फरार रहेका मध्ये २२ बर्षिय गुण राज बिष्ट लाई काठमाडौ स्थीत मनमैजु बाट बिहीबार पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । घटनामा संलग्न अर्का युबक भने फरार रहेका छन । बलात्कार पछि युबती लाई मार्ने उदेश्यले उनीहरुले घटना स्थल जनता माध्यमिक बिध्यालय को छत बाट खसालेका थिए। युबतीको कम्मर मुनीको भाग चल्न नसक्ने भएपछि उनको काठमाडौमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जिल्ला बाटै खटीएको प्रहरी टोलीले झण्डै दुई महिनाको प्रयास पछि बलात्कारी लाई पका्रउ गर्न सफल भएको एसपि दाहालले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.