Websoft University

छात्रवृद्धिका लागि अरनिको कलेजले लियो परिक्षा


विराटनगर ।  रातो तारा डट कम, विराटनगर–१० मा रहेको अरनिको कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई छात्रवृद्धिका लागि परिक्षा लिएको छ ।

कलेजले एसईई  र प्रवेश परिक्षाको अंकको आधारमा उत्कृष्ट जेहेनदार विद्यार्थी छ्ट्याउँने आधार नभएको कारणले छात्रवृद्धिका लागि परिक्षा लिएको कलेजका प्राचार्य राजेश कार्कीले बताए । विद्यार्थीले परिक्षामा ल्याएको अंकको आधारमा कलेजले लिने छात्रवृद्धि पाउँने प्राचार्य कार्कीले जानकारी गराए ।

कलेले आज शुक्रबार लिएको परिक्षामा ६० प्रतिशत भन्दा माथि ल्याउँने विद्यार्थीले १० हजारदेखि ६० हजार नगद छुट पाउँने कलेजले जनाएको छ । त्सइे महानगरको छात्रवृद्धि पनि यहि परिक्षाको आधारमा दिइने प्राचार्य कार्कीले बताए । छात्रवृद्धिको लागि परिक्षा लिएको लिएको नेपाल भरिनै पहिलो कलेज अरनिको रहेको  प्राचार्य कार्कीको दावि रहेको छ । छात्रवृद्धिकाका लागि कलेजमा भर्ना भएका कक्षा ११ का ७ सय ९८ मध्ये ७ सय २१ विद्यार्थी सहभागि रहेको कलेजले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.