Websoft University

विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण


 सुनसरी इटहरी माघ ४ गते । रातो तारा डट कम, इटहरी उपमहानगरद्धारा इटहरी १७ को विपन्न वस्तिका सयजनालाई जाडोमा न्यानो कम्वल वितरण गरिएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अघिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्वल वितरण गर्नुभयो ।

जाडोले सताएको वेला कम्वल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन । जाडोवाट प्रभावित अरु वडाको विपन्न वस्तिमा पनि कम्वल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिनुभयो । विगत केहि दिन देखि वढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ । जाडो वाट वच्न आगो तापेर वाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरुमा दाउरा समेत वितरण गरेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.