बिराटनगर, माघ ६ गते । रातो तारा डट कम,
१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा जाडोको न्यानो कपडा कम्बल बितरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले गरिव तथा असह्याय ब्यक्तिहरुको लागी जाडोको न्यानो कपडा कम्बल बितरण गरेको हो । मोरङको धनपालथान गाउँपालिका-३ बेतौनाका ५० घर परिवारलाई ५० थान तथा रङगेली नगरपालिका-२ बेतौना झोडाका ५० घर परिवारलाई ५० थान गरी १०० घर परिवारलाई १०० थान कम्बल आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले जाडोको न्यानो कपडा कम्बल बितरण गर्नु भएको हो ।
सोही कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीमती कार्कीले १०० जना असह्याय महिला तथा पुरुषहरुलाई कुर्ता सुरुवाल, सर्ट पाईन्ट लगायत अन्य लत्ता कपडा समेत बितरण गर्नु भएको थियो । कपडा बितरण कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, स्थानीय जनप्रतिनिधीहरु तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।
Post a Comment