Websoft University

लुटपाटमा संग्लग्न २ जना पक्राउ


सुनसरी, पौष २१ गते । रातो तारा डट कम,ईनरुवा नगरपालिका २ का अजय पण्डितलाई छुरा प्रहार गरी घाईते बनाई नगद तथा मोवायल लुटपाट गरी फरार रहेका २ जना पक्राउ परेका छन् । यही पौष १७ गते बिहान साँढे ६ बजेको समयमा ईनरुवा नगरपालिका ९ मा पण्डितलाई छुरा प्रहार गरी पण्डितसंग रहेको नगद तथा मोवायल लुटपाट गरी फरार रहेका देवानगञ्ज गाउँपालिका ५ घर भई ईनरुवा १ मा बस्दै आएका २२ बर्षीय गजेन्द्र प्रसाद ठाकुर र महदेवा गाउँपालिका ५ सप्तरी घर भई ईनरुवा १ बस्दै आएका २१ बर्षीय मुकेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले १९ गते पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.