Websoft University

लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

 

झापा, माघ ०१ गते । रातो तारा डट कम,झापाको बुद्धशान्ति गाउँपालिका- ३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टावाट खटिएको प्रहरी टोलीले स्थानीय ४१ बर्षीय दिनेश कुमालाई ४ ग्राम लागूऔषध ब्राउनसुगर र नगद ४ हजार सहित तथा ४३ बर्षीय शेषराज सापकोटालाई १० ग्राम ब्राउनसुगर, कोडिन ३ बोतल,नाईट्रोजन २० चक्की,डिजिटल तराजु-१ थान र मोवायल थान-२ सहित शुक्रवार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान् गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.