Websoft University

डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित–ट्रम्पले बिश्वभर नकारात्मक नाम कमाए


 काठमाण्डौ माघ १ गते । रातो तारा डट कम,अमेरिकाको तल्लो सदनबाट राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । योसँगै राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति समेत बन्नुभएको छ । 

उहाँविरुद्ध महाभियोग लगाउने प्रस्ताव तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो । गत बुधबार अमेरिकी संसद् भवनमा हुलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा उहाँविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २ सय ३२ मत परेको हो । 

महाभियोग पारित हुन २ सय १७ मत आवश्यक हुन्छ । तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २ सय २२ जना सदस्य छन् । तर, ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो । यसअघि, तल्लो सदनले सन् २०१९ मा पनि ट्रम्प विरुद्धको महाभियोग पारित गरेको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.