Websoft University

नारी विकास संघ शाखा कार्यालय सलकपुरले मनायो २४ औं वार्षिक साधारण सभा सम्पन्न


शिव भट्टराई,मोरङ माघ ६ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ८ स्थित नारी विकास संघ शाखा सलकपुरको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको थियो भने सोही संस्थाकी अध्यक्ष शुशिला कार्कीको सभापतित्व रहेको थियो।


कार्यक्रममा प्रमुख अतिथि ढकालले नारी विकास संघ शाखा कार्यलय सलकपुरका महिला दिदीबहिनीहरु एकजुट भएर कार्यक्रम गरे नगरपालिका सहयोग गर्न हरदम तयार रहेको बताएका छन्।


त्यस्तै उक्त कार्यक्रममा विशिष्ठ अतिथि सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ्ग ,नारी विकास संघकी केन्द्रीय अध्यक्ष सिता शर्मा दाहाल अतिथि वडा नं ८ का वडाध्यक्ष खेम न्यौपाने, सुन्दरहरैंचा-८ महिला सेवा समाजकी अध्यक्ष मञ्जु रेग्मी, लगायतले संस्थाले गरेको कामको प्रशंसा , सुझाव तथा सफलताको शुभकामना व्यक्त गरेका थिए।


उक्त कार्यक्रममा संस्थालाई विभिन्न माध्यमबाट अतुलनीय योगदान पुर्याउने युवा समाजसेवी सुरज विष्ट, जेष्ठ नागरिक जयन्ता प्रसाई श्रेष्ठ, पुष्प सिग्देल, इन्दिरा शर्मा, घरपरिवार सदस्यहरू बीच संस्कार ,संस्कृतिको उजागर गर्दै समन्वयकारी भूमिका निर्वाह गर्ने असल छोरी बुहारीको रूपमा गंगा कार्की घिमिरे  लगायत अन्य २५ जनालाइ  संस्थाको तर्फवाट सम्मान समेत गरिएको थियो।

गएका दिनहरूमा सिलाई कटाई तालिम, ब्युटी पार्लर तालिम, सरसफाई कार्यक्रम , जनचेतनामुलक कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको यस संस्थाले आगामी दिनहरुमा पनि महिला सशक्तिकरणका लागि आवश्यक सिपमुलक तालिम, मनो विमर्श तालिम सञ्चालन गर्ने योजना रहेको संस्थाकी अध्यक्ष शुशिला कार्कीले बताएकी छिन्।

हाल सम्म १५०० भन्दा बढी सदस्य बनाउन सफल यस संस्थाले जम्मा ७० जना आजीवन सदस्य बनाउन सफल भएको छ भने उक्त कार्यक्रम संस्थाकी सचिव दुर्गा कार्कीले सञ्चालन गरेकी थिइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.