Websoft University

कोरोना महामारीले गरिबी बढ्यो


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम,कोरोनाले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच हासिल गर्ने सरकारको लक्ष्यमा प्रभाव पारेको र गरिबीको दर पनि ४ प्रतिशतले बढेको योजना आयोगको अध्ययनले देखाएको छ । योजना आयोगका अनुसार कोरोनाका कारण ४ प्रतिशतले गरिबी बढेको छ । 

कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले अपनाएका गतिविधिकै कारण थप १२ लाख जनसङ्ख्या गरिबीको रेखामुनी पर्न गएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा आर्थिक वृद्धिदर शून्यमा झर्ने स्पष्ट पारेको छ । प्रतिवेदन अनुसार २०७६÷७७ को कुल गार्हस्थ उत्पादनको वृद्धिदर ०.६ प्रतिशत मात्र रहने छ ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गर्न २०७६ चैत ११ देखि २०७७ जेठसम्म अवलम्बन गरिएको पूर्ण बन्दाबन्दी र २०७७ असारमा आंशिक आर्थिक गतिविधि खुकुलो पारिएको थियो । त्यसका आधारमा आर्थिक वृद्धिदरमा ठूलो सङ्कुचन देखिएको हो । यसअघि आयोग मातहतकै केन्द्रिय तथ्याङ्क विभागले सो आवमा २.२७ प्रतिशत वृद्धिदर हुने अनुमान गरिएको थियो । कोभिडले २०७९ सालसम्म अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नति हुने लक्ष्य समेत प्रभावित हुने कुरा योजना आयोगले जानाएको छ ।  




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.