Websoft University

प्रदेश १ मा कोरोना संक्रमित ३० हजार पुग्यो


विराटनगर, २७ पुस । रातो तारा डट कम, प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार पुगेको छ । आज १५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३०हजार ११पुगेको हो । आज मोरंगमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र ते¥हथुममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र ते¥हथुमको फेदाप१–१जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्जभएकाछन् । होमआईसोलेसनबाट ७८,कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेका संख्या २९ हजार ३२७ पुगेको छ ।

प्रदेश १ मा आज २७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १२ हजार २५९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.