Websoft University

पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन प्रविधि जडान


काठमाण्डौ पुस १९ गते । रातो तारा डट कम,नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने काम सुरु गरेको छ । उक्त प्रविधिको  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गर्नुभयो । सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन प्रविधि जडान गरिएको बताउनुभयो । निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिनुभयो  ।  उक्त डिपोमार्फत लुम्बिनी प्रदेशका आठ जिल्लामा दैनिक १० लाख देखि ११ लाख डिजेल र तीन लाख लिटर पेट्रोल÷मट्टितेल र हवाई इन्धन बिक्री हुँदै आएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.